गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ ।

बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड कार्यदलको प्रस्तावमाथि छलफल हुने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

सिट संख्याको मोडालिटी र दलहरुको जनमतबारे बैठकमा कुरा भएपनि निर्णय पुग्न पाँचै दलका शीर्ष नेतासँग बस्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ । चुनाव आगामी मंसिर ४ गते तय भएको छ ।

कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो ।

कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।

प्रतिक्रिया