थपिए ८ सय ५२ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ८ सय ७६ ले पिसिआर र २ हजार ५ सय ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जछिल्लो २४ घण्टामा ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ९ सय ३७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको स.ख्यम पाँच हजार चार सय ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ५९, संस्थागत आइसोलेसनमा दुई सय तीन, आइसियुमा ५९ र भेन्टिलेटरमा सात जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा दुई सय बढी संक्रमित रहेको जिल्लामा कैलाली रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा पाँचथर, मनाङ, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार छ सय ३२, ललितपुर आठ सय ६० र भक्तपुरमा एक सय ११ सक्रिय संक्रमित रहेका छन् । कूल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया