सालकको खपटासहित एक युवक पक्राउ

काठमाडौं । प्रहरीले सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । पप्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया