स्प्राइटको प्रोमोसनल क्याम्पेन

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ एओथ्रिएस स्मार्टफोन र हरेक साता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलमा पनि लागु हुनेछ । जसले क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ । यो अफरमा सहभागि हुनको लागि उपभोक्ताले बोतलको प्रमोशनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बरमा पनि एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलमा लागु हुने कम्पनीले जनाएको छ । साउनबाट शुरु भएको यो अफर असोज ९ सम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् । पुरस्कार सम्बन्धि सबै शर्त र विवरण कम्पनीको वेबसाइटमा हेर्न सनिे पन िविज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया