राष्ट्रपतिद्धारा अन्नपूर्ण केबलकार अबलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरास्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन । पोखरा पुगेर उनले अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन ।
पोखराको सेदीबगरमा रहेको स्टेशनबाट सराङकोटसम्म पुग्न सकिने यस केवलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता रहेको थियो ।

अन्नपूर्ण केबलकार पुगेकी राष्ट्रपतिलाई त्यहाँका कर्मचारीले स्वागत गरेका थिए । सराङकोटमा पोखराका मेयर आचार्य, केबलकारका प्रबन्ध निर्देशक लगायतले केबलकार, त्यस वरपरका मनोरम हिमाल लगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया