नेपालीपन हाम्रो पहिचान

कृष्ण बोहरा

आफ्नो परम्परा आफ्नो पहिचान र आफ्नोपनमा रमाउँदा रमाउँदै हामीलाई राजाको शासन र यसले लिएको निरंकुश पारा मन परेन । आन्दोलनको बलमा राजा फालियो । संविधानमा नेताहरूले धर्म निरपेक्ष राज्य भन्ने शब्द राखे । हामीले यसलाई सहर्ष स्वीकार्याैं । किनकी राज्य कुनै धर्मको नाममा मात्र सापेक्ष हुँदा राज्यमा भएका अन्य धर्म र जातजातिमा भेदभाव भएको सन्देश जान्छ भन्ने रूपमा हामीले यसलाई लियौँ । हेर्दा कुरा न्यायसंगत नै देखिन्छ ।

हाम्री बुढी बजै झ्यालबाट पर बाटातिर नियालीरहनुभएको थियो । आँखा त उहाँको कमजोरै हो । तैपनि उहाँले भन्नुुभयो, ‘त्यो परबाट आउने हाम्रो श्यामे नै हैन ? हिँडाइ त श्यामेकै जस्तो छ । पक्कै श्यामे नै हो ।’ हो, मानिसको चालढाल अग्लो÷होचो तथा हिँडाइले मानिस को हो ? ठम्याउन सकिन्छ । आँखा धमिलो देख्ने बुढी बज्यैले पनि ठम्याउनुभयो । आफ्नोपन भनेको पनि यहि हो । चालढाल व्यवहार काम गर्ने शैलीमा प्रत्येक मानिसको आफ्नोपन झल्किन्छ ।

हामी चाइनिज जस्तो, अमेरिकन जस्तो वा युरोपियन जस्तो कस्तो हुने हो त ? विदेशीको हामी खुबै नक्कल गर्छौं नि ! जन्मदिनमा ‘ह्यापी बर्थ डे टु यू’ भन्दै केक काटने गर्छौं । बलेको बत्ती पनि निभाउँछौँ । यो त विदेशी परम्परा भयो । यसको सट्टा दियोमा बत्ती बालेर छेउमा फलपूmल राखेर, छेउमा एक कतारा दही राखेर टीका र पूmल लगाइदिएर आफन्तहरूलाई नेपाली स्वादका परिकार खुवाएर पनि मनाउन सक्छौँ नि ! यसरी जन्मदिन मनाउँदा हाम्रो के बिग्रन्छ ? नेपालीपनको जगेर्ना त यसरी हुने होला नि त । पुरै नेपालको नक्सा अनुसारको केक बनाएर त्यसलाई टुक्रा टुक्रा बनाएर सबैले बाडी खाने तरिकाबाट पनि आजकल जन्म दिन बनाउन थालिएको छ । बास्तु विज्ञहरूका अनुसार मानिसका नाम लेखी बनाइएको केकलाई टुक्रा टुक्रा बनाएर जन्म दिन मनाउनुलाई अशुभ मानिन्छ । त्यस्तै ‘ह्यापी एनीभरसरी’ मनाउँदा मुटु आकारको केक बनाउने चलन छ । यस्तो केक काटी टुक्रा टुक्रा बनाउँदा यसले झन् अशुभ संकेत गर्दछ । यो मुटुको टुक्रा टुक्रा पारेर सबैलाई बाँडेसरह हुन्छ । वर्षैपिच्छे यसरी ‘एनिभरसरी’ मनाउँदै जादा आपसी बेमेल सिर्जना हुन्छ । पश्चिममा समाजमा विवाहमा बाँधिएका जोडीहरू असंख्य रूपमा डिभोर्स हुनुको कारण पनि यहि हो । यो बास्तुविज्ञहरूले प्रमाणित गरेको कुरा भयो । बास्तु विज्ञान पनि विज्ञानको एउटा हाँगा नै हो ।

आर्थिकरूपमा गरिब भए पनि सांस्कृतिक रूपले ज्यादै धनी छौँ हामी । यसैले त बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिन्छन् । उनीहरू यहाँको खोलानाला र हिमाल मात्र हेर्न आएका होइनन् । हाम्रो भेषभुषा र संस्कृति पनि हेर्न आएका हुन् । नेपालमा १ सय ४० भन्दा बढी जातजातिहरू बसोवास गर्दछन् । उनीहरूको छुट्टाछुट्टै भेष, भाषा, संस्कार र संस्कृति पनि छ । विभिन्न किसिमका पर्वहरू छन् । दसैँ, तिहार, छठ, पूर्वमा राई लिम्बूहरूमा उभौली र उधौली पर्व, शेर्पा, तामाङ, गुरुङहरूका ल्होसार पर्व, नेपाली दसँै तिहार पर्वहरू मुख्य छन् । पश्चिमको देउडा गीत र नाच, तराईको थारू नाच आदि छन् । हाम्रा मादले र मारुनी नाचले कति रोचक र रमाइलो बनाउँछ हाम्रो गाउँघरलाई । यहि हो नि त नेपालीको पहिचान । खैजेडी भजन र लोकदोहोरी गीत लोप हुनै लागेको अवस्थामा इन्द्रेनीका कृष्ण कँडेलले लोकदोहोरी गीतको प्रचारप्रसार र जगेर्ना गर्ने काममा केही वर्षदेखि स्थायित्व दिन थाल्नुभएको छ । कृष्ण कँडेललाई सलाम भन्न चाहान्छु । नेपाली संस्कृतिलाई जोगाउने भनेको यसरी हो । मै हुँ डिस्कोडान्सर भन्दै डिस्को हानेर त नेपाली संस्कृतिको जगर्ना हुनेवाला छैन नि । यसलाई स्वाभिमानी नेपालीले त मन पराउँदैन नै नेपाल हेर्न आएका विदेशीलार्ई पनि यसको त्यति चासो हँुदैन । यसैले नेपालीले नेपालीपनको जगेर्ना गर्नुपर्दछ । यो विदेशीले गरिदिँदैन । कुनै विदेशीले नेपाली गीत गाएको र नाचेको पनि देख्नुभएको होला । यो उनीहरूलाई नेपालीपन मन परेर हो नि त । विदेशीलाई नेपाली संस्कृति मनपर्ने नेपालीलाई चाहिँ मन नपर्ने कहीँ हुन्छ र ?

काठमाडांै उपत्यका भित्रको नेवारी नाच, काष्ठकला, मूर्तिकला र बास्तुकला विश्वमा पहिचान दिन सफल सांस्कृतिक सम्पदाहरू हुन् । कति राम्रा झ्याल र ढोकाका बुट्टाहरू र कति सिल्पी ती हातहरू पनि । हनुमानढोका दरबार, भक्तपुरको पचपन्न झ्याले दरबार र काठमाडांैको मयुर झ्याल निकै नै प्रख्यात काष्ठकलाका नमुनाहरू हुन् । विभिन्न मन्दिरहरूका काष्ठ बुट्टे कलाहरू प्नि यहाँका सांस्कृतिक संम्पदाहरू हुन् । यसैगरी नेवारी समाजमा प्रचलित गुठी परम्परा नेपाली नेवारी संस्कृतिको अर्को पाटो हो । यसले नेवारी संस्कृति र नेपालीपनको जगेर्ना गरेको छ । यही गुठी परम्परा मास्न गत वर्षहरूमा नेपाल सरकार स्वयंले निकै कसरत गरेको पनि देखियो । यो जानेर वा नजानेर पनि हुन सक्छ । यो नेपालीको दुर्भाग्य हो ।
जन्मेपछि बच्चाको न्वारन गरिदिने । अली ठूलो भएपछि जातअनुसार व्रतबन्ध छेवर वा यस्तै कर्म गर्ने । जवान भएपछि आआफ्नो परम्परा अनुसारको ढाँचामा रितपूर्वक विवाह गरिदिने हाम्रो परम्परा छ । यो नै नेपालीहरूको पहिचान हो । यस्तै परम्परामा हाम्रा पिता पूर्खाहरू रमाए र वंशीय परम्परा धान्दै आए । हाम्रा यी नेपाली पहिचान र परम्परालाई समय परिस्थितिअनुसार आधुनिक ढाँचामा पनि हामी आपैmँले यसलाई आवश्यकताअनुुसार ढाल्न सक्दछाँै ।

यसरी हाम्रो आफ्नो परम्परा आफ्नो पहिचान र आफ्नोपनमा रमाउँदा रमाउँदै हामीलाई राजाको शासन र यसले लिएको निरंकुश पारा मन परेन । आन्दोलनको बलमा राजा फालियो । संविधानमा नेताहरूले धर्मनिरपेक्ष राज्य भन्ने शब्द राखे । हामीले यसलाई सहर्ष स्वीका¥यौँ । किनकी राज्य कुनै धर्मको नाममा मात्र सापेक्ष हँुदा राज्यमा भएका अन्य धर्म र जातजातिमा भेदभाव भएको सन्देश जान्छ भन्ने रूपमा हामीले यसलाई लियौँ । हेर्दा कुरा न्यायसंगत नै देखिन्छ । तै पनि अब नेपालमा चल्दै र हुँदै आएका सनातनी अरू हिन्दू बाहेकका धर्म र जातजातिले पनि समान स्थान पाउनेछने भन्ने हाम्रो जुुन आशा थियो त्यसमा तुषारापात भएको छ ।

हुन त धर्म आपैmँमा विशुद्ध धर्मको रूपमा मात्र भएमा आपत्ती केही थिएन । धर्मको बारेमा कुरा उठाउँदा क्रिस्चियन धर्ममा आस्था राख्ने स्वाभिमानी नेपालीको धार्मिक भावनामा चोट नपुगोस् भन्ने कुराको पनि म कामना गर्दछु । तर धर्मसँगै हस्तक्षेपकारी साम्राज्यवादी सोच पनि आएकाले मात्र हाम्रो आपत्ती हो । विदेशी क्रिस्चियन धर्मद्वारा दिन दुई गुना रात चौगुनाका दरले नेपालको सनातनी धर्मको विरुद्ध आक्रमण भइरहेको छ । यसो हुनुको कारण राज्यका हर्ताकर्ताहरूले नै अपनत्वलाई परित्याग गरी विदेशी धर्मलाई टेवा दिए । एकातिर संविधानले नेपाल धर्म निरपेक्ष राज्यको रूपमा परिभाषा दिनु । अर्कातिर नेताहरू स्वयं होली वाइन संस्कृतिमा रमाउने देखिएकाले यो कुनै संयोग मात्र भन्न सक्ने अवस्था छैन । यसैले विदेशी इसारामा नै संविधान लेखियो र विदशीले नै योजनाबद्ध रूपमा क्रिस्चियन धर्म लाद्ने काम ग¥यो भन्न किन हिचकिचाउने ? नेपालीहरूको धार्मिक भावनामा मात्र उनीहरूले ठेस पु¥याएको होइन कि नेपालीहरूको आफ्नोपन संस्कार र संस्कृतिमा समेत उनीहरूले धावा बोलेका छन् । हुँदै जाँदा हाम्रा गाउँघरमा रहेका गुम्बा, मन्दिर आदिमा ताला लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । यो कुरा प्रत्येक नेपालीले बुझ्नु जरुरी भएको छ । धार्मिक आस्था नभएका कतिपयले पनि अब आएर नेपालीपन जोगाउनैका लागि भए पनि यसलाई मनन् गर्नु आवश्यक भइसकेको छ । किनकी यस्ता गतिविधि धर्म र संस्कृतिमा आक्रमण गर्दै नेपालीलाई पराधिन बनाउने विदेशीहरूको यो मेलोमेसो हो । महेन्द्र संस्कृत विश्व विद्यालयमा द्वन्द्व कालमा आगो लगाइएको छ । यसमा रहेका अति पुराना संस्कृतिका अमूल्य पुस्तकहरू समेत नष्ट भएको छ । यस खालका गतिविधिलाई योजनाबद्ध होइन भन्न सक्ने अवस्था पनि देखिँदैन ।

हालैका दिनहरूमा अमेरिकासँग भएको एमसिसी सम्झौता र एसपिपी प्रकरणका कारण हामीलाई युक्रेनको बाटोमा हिँडन बाध्य पारिँदै छ । मदन भण्डारी र राजा वीरेन्द्रको हत्या पनि यिनै कारणले भएका हुन् भनी पुष्टी हुँदै गइरहेको छ । जुन खालका गतिविधिहरू नेपालमा भइरहेको छ त्यो सबै योजनाबद्ध भइरहेको छ । यी सबै गतिविधि पश्चिममा राष्ट्र विशेष गरेर अमेरिकी स्वार्थमा भइरहेको कुरा सर्वविदित नै छ । यसले हामीलाई पराधिन बनाउने कुरा पक्का छ । अफ्रिकी देशहरूमा जस्तै हाम्रो देशमा रहेका बहुमूल्य खनिजजन्य बस्तुमा अमेरिकी गिद्धे नजर परिसकेको कुरा नेपालीहरूलाई बोध भएको छ । यसैगरी चीनलाई घेर्ने उसको रणनीतिअनुुसार नेपालाई अस्थिर वातावरणको सिकार बनाउने र युद्ध थोपर्ने उसको साम्राज्यवादी चाल हामीले बुझ्न ढिला भइसकेको छ । यसैले नेपाली भाषा संस्कृति, सनातनी संस्कार र आफ्नोपनको सधँै रक्षा गरौँ । यसमै नेपालीपनको स्वाद लिन सकिन्छ । नेपाल रहे मात्र हामी नेपाली रहन्छाँै । सगरमाथा शिरमा राखी सधँै शिर ठड्याउन पाउनेछौँ । जय देश !

प्रतिक्रिया