तीन जनामाथि एसिड प्रहार

सल्यान । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

रावतले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइसमेत तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरी टोलीले रावतलाई करिव २२ लिटर एसिडसहित पक्राउ गरेको हो । तीनै जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया