सेवाग्राहीसँग घुस लिने खानेपानी लिमिटेडका प्लम्बर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको छ ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो ।

सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया