बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम नेतृत्वको पार्टीलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो निर्वाचन चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो ।

गौतमलाई दिइने निर्वाचन क्षेत्रको बारेमा भने गठबन्धन दलमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया