आज बिहे, भोलि नागरिकता दिने सहमति कसले गर्यो ?

नागरिकता बिधेयकमा एमालेको प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले नागकिताका विषयमा कसले को संग गरेको थियो भनि प्रश्न गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो प्रश्न उठाएका हुन् ।

‘दुनियाँका मुलुक आज बिहे गर्यो भोलि नागकिता दिने व्यवस्था छैन। तर नेपालमा हतारमा यसको ब्यबस्था गर्न बिधेयक ल्याइयो। यसमा कसले कता बसेर गोप्य सहमति गरेको छ ? जानकारी चाहियो’, भट्टराईले प्रश्न गरे ।

उनले भारतीय नेतृ सोनियाँ गान्धीले राजिब गान्धीसंग बिहे गरेको १६ वर्षपछि नागरिकता प्राप्त गरेको भए पनि पछि प्रधानमन्त्री बन्ने बेलामा विरोध भएको बताए । उनले नागरिकता बिधेयकमा राष्ट्रपतिलाई विवादमा पार्ने काम सरकार पक्षले गरेको आरोप लगाए ।

भट्टराईले परामर्शका लागि संसदमा बिधेयक फिर्ता पठाएकोमा यसमा कुनै प्रश्न आवश्यक नभई परामर्शको आवश्यकता भएको बताए ।

‘पार्टी टुक्रयाउने अध्यादेश आउँदा राष्ट्रपतिले रोक्नुभएन, नेपालको संविधानमा ४० प्रतिशतले मात्र अलग पार्टी खोल्ने व्यवस्था भएकोमा सत्ता पक्षको आफ्नो हितमा प्रयोग गर्दा समेत रोक्नुभएन भने यसमा त रोक्ने प्रश्नै उठ्दैन ?, सबै दल एक ठाँउमा भएर परामर्श गरौँ सोचौँ’, भट्टराईले प्रश्न गर्दै भने ।

प्रतिक्रिया