चीनद्वारा सैन्य अभ्यासको घोषणा

बेइजिङ । चीनले ताइवानको वरिपरि थप सैन्य अभ्यासको घोषणा गरेको छ । स्वशासित टापुका राष्ट्रपतिले नयाँ अमेरिकी सदस्यहरूसँग भेट गरेपछि चीनले यस्तो घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ । बेइजिङले आफ्नो भएको दाबी गर्दै आएको स्वशासित टापुमा सोमबार अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलले भ्रमण गरेका छन् । ताइवानी मिडियाले प्रतिनिधिमण्डललाई वार्ताका लागि आएको देखाएको छ ।

तर, बैठकको विवरण जारी गरिएको छैन । प्रतिनिधिमण्डल सोमबारैै अपराह्न अमेरिका प्रस्थान गर्ने तालिका रहेको एनबीसी न्युजले जनाएको छ । उक्त भ्रमण अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको दुई साता नबित्दै भएको हो । जसले टापुमा र ताइवान स्ट्रेटमा मिसाइलहरू प्रहारसहित चीनले सैन्य अभ्यासको धम्की दिने कुरालाई उत्तेजित गरेको थियो ।
यता, रक्षा मन्त्रालय र यसको पूर्वी थिएटर कमाण्डले विज्ञप्ति जारी गर्दै सोमबार ताइवान वरपरका समुद्र र आकाशमा थप अभ्यासहरूको घोषणा गरेको छ ।
अभ्यासहरू ’अमेरिका र ताइवानबीचको मिल्ती र उत्तेजनाविरुद्ध दृढ प्रतिक्रिया र गम्भीर अवरोधको रूपमा लक्षित रहेको’ मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया