मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्ति पक्राउ

एजेन्सी । पेन्सिलभेनियामा शनिबार साँझ मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ गरिएको छ । उक्त व्यक्तिले एक जनाको मृत्यु र १७ जना घाइते हुनेगरी भींडमा गाडी जोतेपछि नजिकैको काउन्टीमा अर्को एकजना महिलाको समेत हत्या गरेको अभियोग लगाइएको छ ।

अगस्तको पहिलो साता एउटा घरमा भएको आगलागीमा १० जनाको मृत्यु भएको घटनामा आगलागी पीडितहरूका लागि पैसा जुटाउन गरिएको कार्यक्रममा गाडी जोतेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा एकजनाको मृत्यु भइसकेका थिए भने कैयन घाइते भएका थिए ।

त्यसको केही समय पछि लुजर्न काउन्टीको नेस्कोपेक बरोमा एक महिलालाई शारीरिक रूपमा आक्रमण भएको जानकारी प्रहरीले वाएको थियो । प्रहरी त्यहाँ पुग्दा महिलालाई मृत अवस्थामा भेटाएको थियो । गाडी जोत्ने व्यक्ति र महिलामाथि आक्रमण गर्ने व्यक्ति एउटै भएको अधिकारीहरुको भनाई छ ।

५६ वर्षीया रोजा रेयेसलाई गाडीले ठक्कर दिएपछि हथौडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । संदिग्ध आक्रमणकारी २४ वर्षीय एड्रियन ओस्वाल्डो सुरा रेस रहेको जनाइएको छ । आक्रमणकारी मृतक रोजा रेससँग सम्बन्धित भए नभएकोबारे भने केही खुलेको छैन ।

प्रतिक्रिया