नागरिकता विधेयक फिर्ताविरुद्ध सिके राउत पार्टीको प्रदर्शन

सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारको लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका छन् ।

प्रतिक्रिया