कांग्रेसको अभिमुखीकरण आजदेखि

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण गर्न लागिएको हो । अभिमुखीकरण कार्यक्रममा जिसस प्रमुख र उप्रमुखलाई पनि सहभागी गराइने जनाइएको छ ।

पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार ७०० बढी सहभागीहरूसहित आज र भोलि ललितपुरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जनप्रतिनिधिको नाम दर्ता गरिएको छ ।

प्रतिक्रिया