बिवादास्पद नागरिकता बिधेयक राष्ट्रपतिबाट संसदमा फिर्ता

काठमाडौं । १४ दिनको लामो परामर्शपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार साँझ विवादास्पद नागरिकता विधेयक संसदमा फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता गरेकी हुन् । उनले राया सहित पठाएकी हुन् । संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ अनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो । राष्ट्रपति कार्यालयमा विधेयक १४ दिन अगाडि प्रमाणीकरणका लागि पुगेको थियो । राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने निर्णय लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया