कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न चार जना पक्राउ

गोरखा । प्रहरीले कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको चार जना पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धिबहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ३४ वर्षीय रामशरण बिक लगायत चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया