आगामी निर्वाचनमा १० अर्ब खर्च हुने !

काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियमा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो ।

सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ । यस्तै‚ पछिल्लो विवरण अनुसार‚ करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ । आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया