वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

वेस्टइन्डिज । न्युजिल्यान्डले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । शनिबार बिहान दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।

पाहुना टोली न्युजिल्यान्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर मात्र १२५ रन बनायो । वेस्ट इन्डिजका लागि ओबेड म्याकोईले अविजित रहँदै २३ र रोभमेन पावेलले २१ रन बनाए । त्यस्तै रोमारियो सेफर्डले १८ को योगदान गरे ।
न्युजिल्यान्डका लागि स्टानेर तथा मिचेल ब्राकवेलले समान तीन–तीन विकेट लिए । त्यस्तै टिम साउदी र ईश सोधीले समान एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।

पाहुना टोलीका लागि ग्लेन फिलिप्सले ७६ रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गरे । त्यस्तै ड्यारियल मिचेलले ४८ तथा डिभेन कन्वेले ४२ रन बनाए ।

वेस्ट इन्डिजका लागि ओबेड म्याकोईले तीन विकेट लिए । त्यस्तै रोमारियो सेर्फड र ओडन स्मिथले समान एक÷एक विकेट लिए । दुई टोलीबीचको तेस्रो टी–ट्वान्टी खेल सोमबार हुनेछ । यसअघिको पहिलो खेलमा न्युजिल्यान्डले १३ रनले जितेको थियो । टी–ट्वान्टी सिरिज पछि दुई टोलीबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ ।

प्रतिक्रिया