रुस्दीका आक्रमणकारीलाई हत्या प्रयासको अभियोग

न्युयोर्क । अमेरिकामा शुक्रबार एक कार्यक्रममा चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।

मटरलाई एक कार्यक्रमको मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ । आक्रमणमा घाइते भएका ७५ वर्षीय रुस्दीको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास सटानिक भर्सेजले इस निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया