प्रतिनिधि सभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय गरिएको छ । सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले नै ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया