मधेसी नेतृत्वले भगवानलाई पनि टेरेनन् : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले २००७ सालदेखि निरन्तर मधेसलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुविधाबाट वञ्चित रहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित मधेस प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेसलाई टेकेर दुई दर्जनभन्दा बढी नेताहरुले संसददेखि प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसके पनि मधेसी जनताको जीवनस्तरमा कुनै परिवर्तन् नआएको उनको भनाइ छ । आफूले हिजो सञ्चारकर्मीका रुपमा रिर्पोटिङ गर्दा मधेसमा जहाँ कमिसन आउँछ, त्यहाँ विकास गरेजस्तो गरेर भष्ट्राचार गरेका प्रमाण भेटेको बताए । त्यसैकारणले मधेसले विकासको काँचुली फेर्न नसकेको उनको भनाइ छ ।

जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै उनले भने, ‘जहाँ कसैसँग डर हुँदैन, त्यहाँ भगवानको डर हुनुपर्छ, तर, मधेसका नेतृत्वले त भगवानलाई पनि टेरेनन् ।’

प्रतिक्रिया