लेक लागेर बेहोस भएका तीन जनाको उद्धार

काठमाडौं । रसुवाको गोसाईकुण्ड गाँउपालिका– ५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका– ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका– ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका– ३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएको हो ।

प्रतिक्रिया