मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् । विभिन्न पुस्तामा रहेका सीप, क्षमता युवालाई हस्तान्तरण गरी नयाँ पुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले देश र समाजको परिवर्तन तथा राष्ट्रको विकासका लागि विशेष भूमिका निर्वाह गर्ने युवा वर्गको योगदानलाई सबै समक्ष चिनाउन र युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित तवरले अघि बढाउन आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसले विश्वभर रहेका सबै जातजाति, धर्म, लिङ्ग, तथा समुदायका युवालाई एकापसमा जोड्ने एउटा मत्वपूर्ण उत्सव भएको बताउँदै यस दिवसले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सार्थक साझेदारका रूपमा सहयोग पुर्याउने बताए । प्रधानमन्त्री देउवाले यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नाराले विभिन्न पुस्तामा रहेका सीप, दक्षता, क्षमता र अनुभवलाई समन्वयात्मक र परिपूरक ढङ्गले एकैसाथ प्रयोग गरी विश्वले परिकल्पना गरेको समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा सबैलाई अभिप्रेरित गर्ने बताए ।

विभिन्न क्षेत्रमा अन्तर पुस्तागत सहकार्यका लागि रहेका चुनौतीलाई परिवर्तन गर्दै युवाको नेतृत्वमा समृद्ध र सुदृढ समाज निर्माण गर्नुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री देउवाले यस अवसरमा सबै पुस्ताले सुरक्षित, संरक्षित र न्यायपूर्ण अनुभूतिका साथ समुन्नत राष्ट्र निर्माणमा योगदान पु¥याउन सकुन् भन्ने शुभेच्छा व्यक्त गरे ।

प्रतिक्रिया