समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढ भमनपा–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा–२१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमअन्तर्गत २ सय जना विद्यार्थीलाई ९ सय थान कापी र २ सय थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया