आइएमई पेद्धारा चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी सेवा शुरू

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उदघाटन गरेका हुन ।

यस सेवा मार्फत चन्द्रागिरि नगरबासीले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गरे ।

नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया