सिजी ल्यान्डमार्कमा छुटको व्यवस्था

काठमाडौं । चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधा सम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७ देखी २९ सम्म ३ दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।

वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ । वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए । तेस्रो वार्षिकोत्सवको अवसरमा मलमा भव्य कार्यक्रम गरी प्रमुख अतिथिको हातबाट केक पनि काटिने सीओओ केसीको भनाइ छ ।

सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटले आकर्षक छुट दिनेछन् ।

ग्राहकले मलप्रति दर्साएको स्नेहबाट उत्साहित हुँदै उनीहरूलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ । केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एक मात्र गन्तव्य हो । यहाँ सुविधा सम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहललगायतका सुविधा उपलब्ध छन् ।

प्रतिक्रिया