चलचित्र विकास बोर्डका अध्यक्ष केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ ।

साउन ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डको अध्यक्ष बनेका केसीको शैक्षिक योग्यताको सन्दर्भमा पनि प्रश्न उठाइने गरिन्छ । कार्यस्थलमा ‘याैन दुर्व्यवहार गरेको’को आरोप समेत भोगेका केसी बोर्ड अध्यक्षका लागि योग्य नभएको भन्दै विरोध हुँदै आएको छ ।

प्रतिक्रिया