कोरोनाबाट एकै दिन पाँच जानाको मृत्यु, थपिए ८१५ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

यस्तै, पछिल्लो एक दिनमा ८ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया