गठबन्धन कार्यदलको बैठक बस्दै : आ–आफनै सिटमा दाबी

काठमाडौं । संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने उक्त बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन–कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश बाँडाफाटका बारेमा छलफल गरी शिर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन ।

कार्यदलको बैठकमा सबै दलले आ–आफ्नो सिटका बारेमा दावी पेश गर्नेछन र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन् । सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन् ।

प्रतिक्रिया