कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषबीच बैकका ग्राहकलाई होटेल शिरीषबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहक आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया