सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुरस्थित कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि बीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात बैंकका कार्डबाहकहरुले कर्णाली ¥याफ्टिङका प्याकेजमा १० प्रतिशत सम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया