महिन्द्रा गाडीमा ७० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडौं । अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ सुविधा ल्याएको छ । यो योजना ग्राहकलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास भएको अग्नी इन्कर्पोरेटले जनाएको छ ।

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । ‘हामी एकल प्रक्रियाका साथ हाम्रा ग्राहकका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं’ कम्पनीले भनेको छ ।

ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशत सम्म छ । फाइनान्सिङको अधिकतम अवधि ५ वर्ष सम्मको हुनेछ । यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी सुविधामा हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया