१ खर्ब २२ अर्बको लगानी स्वीकृत

काठमाडौ । आर्थिक बर्ष २०७८/७९ मा लगानी बोर्डले १ खर्ब २२ अर्ब रुपैया भन्दा बढि लगानी स्वीकृत गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको आर्थिक बर्ष २०७८/७९ को कार्यासम्पादन प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनमा बोर्डले चार प्रमुख रणनीतिक खम्वाहरुमा परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत बिकास, समन्वय सहकार्य र साझेदरी केन्द्रीय रही भएको करार बमोजिम सम्पादन गरिएको कार्याहरुको विवरणलाई समावेश गरेको छ । पञ्चबर्षिय रणनीतिक योजना स्वीकृत गरी लागु गरिएको बोर्डको परियोजना बैक सम्वन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन सम्वन्धी डयासबोर्ड समेत तयार भएको प्रतिवेदनमा उल्लेख छ ।

पश्चिम सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकास ढाँचा सम्वन्धी,अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्पन्धी कार्य सम्पन्न भएको र रसायनिक मल कारखाना स्थापना गर्नु उपलब्ध प्रविधिहरुको तुलनात्मक विश्लेष सम्वन्धी बिषयलाई समावेश गरिएको पनि बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा दिगो पुर्वाधार निर्माणको आवश्यकता परिपुर्ति गर्न बोर्ड मार्फत भैरहेको कार्य र उपलब्धिको सरहन गरे । उनले राष्ट्रिय महत्वका परियोजनालाई द्रत गतिमा अगाडि बढाउन पनि निर्देशन दिए । उनले राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरु चुनौतीको रुपमा देखापरेको परिप्रेक्ष्यमा ठुला लगानी आकर्षण तथा परिचालनको लागि बोर्डले थप कार्यकुशलता प्रर्दशन गर्नेपर्ने बताए ।

प्रतिक्रिया