राजु र सरस्वतीले ल्याए ‘बरी लै’

काठमाडौं । नजिकिँदो तिजसँगै गायक–गायिका राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार, मुना मगरको स्वर रहेको ‘बरी लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजु परियारको संगीत, राजु सापकोटाको शब्द तथा नारायण दंगालको एरेञ्ज रहेको छ । सार्वजनिक तिज गीतको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानियाँ, रुपेश श्रेष्ठ, दिक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ लगायतको अभिनय छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियो सन्तोष तिमल्सिनाले खिचेका हुन् ।

प्रतिक्रिया