जुम्ल्याहा छोरीसँग १९ वर्षपछि भेट !

काभ्रे । सबैभन्दा कठिन पलहरू मध्येको एउटा हो, मनमा भन्नको निम्ति असीमित शब्दहरू । तर, तीनै शब्द मुखले बोल्न नसक्दा कति पीडा होला ! चर्चित अमेरिकी अभिनेता जेम्सअर्ल जोन्सले भनेझैँ, बुबा मंगल र आमा शारदालाई कुनै पल यस्तै धर्मसंकट परेको थियो । दम्पती त्यतिबेला गुमनाम जस्तै, निःशब्द झैँ बसे जुन बाध्यताको संकटले बोल्न नसकेका धेरै शब्दहरू उनले १९ वर्षपछि बोले । दुई दशकअघि बिछोडिएको एउटा घर जोडिन पुग्यो ।

यदि तिमी कसैलाई माया गर्दछौ भने उसलाई जान देउ यदि ऊ फर्कन्छ भने ऊ सधँैभरिको निम्ति तिम्रो थियो, फर्कंदैन भने ऊ कहिल्यै तिम्रो थिएन । अमेरिकी लेखक खलिल जिब्रानले भनेका यी शब्द उनले कुन अर्थमा भनेका थिए त्यो उनै जान्लान् । तर मंगल दम्पतीको जीवनमा त यो सास्वत सत्य सावित भएर आयो छोरी ताराको जीवनमा त खुसीको बहार नै ल्यायो ।

हजारौँ, लाखौँ र करोडौँको पछाडिको शून्यहरू जस्तो मूल अंकविनाको शून्यको भ्यालु कति हुन्छ ? अभिभावक भएर पनि शून्यकै भाउमा थिइन् १९ वर्षदेखि जब छोरी तारा । एउटै आमाको गर्भबाट जन्मिएका जुम्ल्याहा छोरीहरू बिछोडिएको र वर्षौं पछिसँगै अञ्जान ठाउँमा भेट भएको कथा फिल्ममा धेरै हेर्न पाइन्छ ।

फिल्मी कथा झै लाग्ने १९ वर्ष अघिको सत्यता यस्तो छ । ०६० साल जेठ २६ को साँझ एक गर्भवती महिला सुत्केरी हुन काभ्रेको धुलिखेल अस्पतालमा भर्ना भइन् । भर्ना भएर केही समयमा उनले दुई जुम्ल्याहा छोरी जन्माइन् । जन्मेको केही दिन त अस्पतालको रेखदेखमा आमा बच्चाहरूसँगै रहे । जब अस्पतालले १ लाख ३० हजारको बिल बाबु मंगल बिसुन्खेले जेनतेन तिरे । तर जुम्ल्याहा मध्येको छोरी तारा अस्वस्थ्य भइन् उनको उपचारको लागि छुट्टै कक्षमा राख्नुपर्ने चिकित्सकले सल्लाहदिए । निम्न बर्गीय परिवार दिनभरि ट्रक चलाएर जीवन गुजारा गर्नुपर्ने विवशता भएका उनलाई छारीको थप उपचारको लागि खर्च लाग्ने भएपछि जेठी छोरी जमुना र श्रीमतीलाई लिएर घर फर्के । अस्पतालले छोरीको आमा र बुबाको खोजी ग¥यो । तत्कालीन पनौती–९ बस्ने उनीहरूलाई अस्पतालले पच्छायो र भन्यो, ‘छोरीको उपचारमा लागेको ४५ हजार दिनुहोस् र छोरी लानुहोस् ।’

आर्थिक रूपले संकटमा रहेका उनले धेरै बिन्ती भाउ गरे तर छोरी फिर्ता पाउन सकेनन् । त्यस बीच आमा शारदाले पनि आफ्नो अर्काे सन्तान फिर्ता ल्याई दिन पतिलाई जोड गरिन् । तर अभाव र संकटले घेरिएको परिवारलाई सुत्केरी स्याहार्न र साँझ बिहानको छाक टार्ने मुस्किल थियो । कैयाँै दिन भोकै ट्रक हाँकेको उनले सुनाए ।

तीनै अस्पतालमा छोडेको छोरीलाई एसओएस स्कुलले संरक्षण गर्न थालेको थियो । जतिबेला खगेन्द्र नेपालले सुरुमा त्यहाँ सेवा गर्न प्रवेश गरेका थिए तिनै साल उनले तारालाई धुलिखेल अस्पतालबाट ल्याएका थिए । सुरुमा तारालाई खाना खुवाउन विभिन्न खाले समस्या आइपरेको थियो । नेपालले भने, ‘यिनी मेरी जेठी छोरी हुन् ।, आफू पहिला स्कुल पढाउने र यता पनि बालबालिकासँगै १९ वर्षदेखि काम गरिहेको छु । हामीले थुप्रै त्यस्ता परिवार भेटाएका छौँ, जब नागरिकताको सवाल आउँछ तब परिवार र जन्मथलोको खोजी हुँदै जाँदा परिवार भेटिन्छ ।’ उनले अनुभव सुनाउँदै उने, ‘हामीले धेरै तरिकाबाट परिवारलाई जोड्यौँ । कसैले हाम्रो कामलाई व्यापार आरोप लगाउँछन् । हामीले कहिले पनि गलत नियत राखेर काम गरेका छैनौँ । लामो समय बिछोडिएर परिवार भेटिँदा कतै एकअर्काप्रतिको मोह बढ्ने कतै परिवारप्रति वितृष्णा बढ्ने खतरा पनि हुन्छ । ताराले आफ्नो परिवार भेटिनुको पछाडि तत्कालीन र हालका पनि वडाअध्यक्ष एकै व्यक्ति हुनु अनौठो संयोग पनि छ ।

पनौती नगरपालिका तत्कालीन ९ हाल ८ नम्बर वडाका वडाध्यक्ष बेदप्रसाद बञ्जराले एसओएसबाट ताराको परिवार खोजीमा आएका ओमप्रकाश सुवेदीसँग भेटहुँदा र दुबै बीच ताराको धुलिखेल अस्पतालमा जन्महुँदा तत्कालिन डा. सुरेशराज शर्माले लेखेको ढड्ढामा बाबु नाम मंगल र ठेगाना पनौती–९ लेखिएको बताएपछि बञ्जराले आफूले चिनेको र १९ वर्ष अघिको त्यो परिवारमा सुत्केरी हुँदासमेत आफू गएको र जुम्ल्याहा छोरी जन्मिएको कुरा सम्झिएपछि परिवारको मिलन सम्भव भएको हो ।

आइतबार परिवारका आमा, बुबा, भाउजु र उनीसँगै जन्मिएकी दिदी गंगा बिशुन्खे पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जरासमेत मिलनको खुसीमा सामेल भइन् । सबैजना एक हलमा बसेका थिए सबैले आफ्नो आफ्नो परिचय दिँदै केही शब्द राख्दै गर्दा उपस्थित भएका अधिकांशका आँखा थामिएनन् । आफूले आमाको रूपमा पूज्दै आएकी कौशिल्या राईलाई अंगालो हालिन् माहोल निकै भावुक बनेको थियो । ५८ वर्षीय बाबु मंगल र आमा शारदाले भक्कानिँदै आफ्नो कुरा राख्दा सिंगो हल निःशब्द थियो । हलबाट बाहिरिँदै गर्दा खुसी भएकी दिदी गंगालाई बहिनी ताराले केही घण्टा आफूले १९ वर्ष बिताएको ठाउँ घुमाइन्, केही सुनाइन् । मिलनपछि दुई बहिनीले सेल्फी तस्बिर खिचाए ।

प्रतिक्रिया