नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन सर्वोच्चको आदेश

काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएका संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र संरचना हटाउन दिएको अल्टिमेटमविरुद्ध नर्भिकले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल नहटाउन भनेको हो ।

महानगरलाई विपक्षी बनाउँदै अस्पतालले मंगलबार सर्वोच्चमा रिट दायर गरेको थियो । गएको सोमबार महानगरले टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिएको थियो । महानगरका मेयर बालेन्द्र शाहसहितको टोली टहरा भत्काउन पनि पुगेको थियो । तर, अस्पताल र महानगरबीच भएको छलफलपछि समिति गठन गरेर समय तोकिने सहमति भएको थियो ।

प्रतिक्रिया