ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पताल सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट,क्रेडिट,प्रिभिलेज कार्ड वा बंैकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसंग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय ८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया