२७ अर्ब ४९ करोडको बिमा दाबी भुक्तानी बाँकी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ मा ३७ बिमा कम्पनीले बीमितहरूको दाबीअनुसारको भुक्तानी दिन सकेका छैनन् । बिमा कम्पनीले बिमितको २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बिमा दाबी भुक्तानी दिन सकेका छैनन । बिमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार उक्त आर्थिक बर्षमा निर्जीवन र जीवन बिमा गरेका बीमित उक्त रकम प्राप्त गर्नबाट बञ्चित भएका हुन । जीवन र निर्जीवन बिमा कम्पनीले १ लाख ५८ हजार ५ सय ७४ बिमा लेखका बीमितिको रकम भुक्तानी दिन बाँकी रहेको समितिले बताएको छ ।

त्यसमध्ये जीवन बिमा का बीमितिको करिव ६ अर्ब ६ करोड र निर्जीवन बिमा का बीमितिको करिव २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी नभएको देखिएपछि त्यस्ता कम्पनीलाई तत्काल भुक्तानी गर्न समितिले जानकारी गराएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताएका छन । ।बिमा गरेका बीमितिले बिमा ऐनअनुसार सुविधा पाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । कुनै पनि बिमा कम्पनीले दाबी भुक्तानी नदिए कानुनी कारबाही गरिने समितिले भनेको छ । धेरै भुक्तानी दिन बाँकी रहेका कम्पनी
सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा संस्थानको गत वर्ष २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी दिन बाँकी रहेको छ । उक्त रकम २२ हजार १ सय ९८ वटा बिमा लेखको हो । त्यस्तै, निर्जीवन बिमा तर्फ प्रिमियर इन्स्योरेन्सले ५ हजार ६ सय ५४ वटा बिमा लेखबाट २ अर्ब ९५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गर्न सकेको छैन ।

दावी भुक्तानी नगर्ने कम्पनीहरु मध्ये नेपाल लाइफले १ अर्ब ३३ करोड रुपैयाँ र नेसनल लाइफले ९४ करोड ९८ लाख रुपैयाँ ,सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ बराबरको रकम बाँकी रहेको छ । १ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी दिन बाँकी रहेका कम्पनीहरुमा नेको, एनएलजी, आईएमई जनरल, शिखर, नेसनल, अजोड र सिद्धार्थ इन्स्योरेन्स रहेका छन ।

नेपाल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सको १ अर्ब भन्दा केही कम मात्रै दावी भुक्तानी हुन बाँकी रहेको छ भने सानिमा इस्योरेन्सले ४१ करोड ५८ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । नेसनल लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम, एसियन, ज्योति, युनियन, महालक्ष्मी, सूर्या, आईएमई र सिटिजन लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ,सन नेपाल र गुराँस लाइफले दावी भुक्तानी गर्न सकेको छैनन ।

प्रतिक्रिया