आज थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा आज थप १ हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३ हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ५हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार ५ हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै १ जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया