निर्वाचन प्रयोजनका लागि दशौँ नम्बरमा दर्ता भयो एमाले

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ता गरेको हो । आयोगका अनुसार मंगलबार दिउँसो एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको हाे । एमालेले आज दशौँ नम्बरमा दल दर्ता गरेको हो ।

नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । दल दर्ताको तेस्रो दिनसम्म आईपुग्दा नेकपा एमालेसहित दश वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् । दल दर्ता आह्वानको पहिलो दिन आइतबार पाँच वटा दल दर्ता भएका थिए ।

प्रतिक्रिया