मतपत्रमा एमालेको सूर्य र कांग्रेसको रुख पहिलो र दोस्रोमा

काठमाडौं । आगमी मंसिर ४ गते देखि हुने संघ तथा प्रदेशसभाको निर्वाचनमा मत पत्र कस्तो बन्ला भन्ने अनेक प्रश्न उठीरहेको छ । यस पटक दल दर्ताको आधारमा मत पत्रमा चुनाव चिन्ह तय हुने भन्ने अनुमान समेत गलत भएको छ । निर्वाचन आयोगले गएको प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फ प्राप्त गरेको मतलाई आधार बनाएर मत पत्रमा चुनाव चिन्ह राखिने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सौर्य अनलाइनलाई बताए । उनका अनुसार प्रतिनिधिसभाको गएको निर्वाचनमा समानुपतिक निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई आधार बनाएर मत पत्रमा चुनाव चिन्ह राखिने छ ।


निर्वाचन आयोगमा आगमी मंसिर ४ गते हुने निर्वाचनको प्रयोजनका लागि दल दर्ता भएका हरुको हकमा गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचमा प्राप्त मतलाई आधार बनाईने छ । त्यसपछि विगतमा चुनावमा भाग नलिएका तर नयाँं दर्ता गरेका दलको चुनाव चिन्ह क्रमशः राखिने छ । अब सो मापदण्ड अनुसार गत निर्वाचनमा समानुपतिक तर्फ ३१ लाख, ७३ हजार ४ सय ९४ मत प्राप्त गर्ने एमालेको चुनाव चिन्ह सूर्य मतपत्रको पहिलो नम्बरमा रहने छ ।

त्यसैगरी ३१ लख २८ हजार ३ सय ८९ मत प्राप्त गर्ने कांग्रेसको रुख दोस्रो, १३ लाख ३७ हजार २९ मत प्राप्त गर्ने एकीकृत नेकपा माओवादीको गोलाकार भित्रको हंसिया हथौडा तेस्रो, ४ लाख ७२ हजार २ सय ५४ मत प्राप्त गर्ने जसपाको छाता चौथो, ४ लाख ७० हजार २ सय १ मत प्राप्त गर्ने संघीय समाजावदी फोरमको मसाल पाँचौ र २ लाख १२ हजार ३ सय ६४ मत ल्याउने विवेकशील साझाको तराजु छैठौ नम्बरमा रहने छ ।

प्रतिक्रिया