एनसेलको ‘सही यो ! पावर सिम’ पुनः संचालन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माई फाइभलगायत विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो । ग्राहकले करसहित ९७ रुपैयामा सोमबार बाट यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २ सय एमबी डाटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् । यसका साथै युवाहरूका लागि विशेष सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टप रूपमा निःशुल्क चलाउन सक्नेछन् ।

यो संगै ग्राहकले ३० दिन सम्म माई फाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माई फाइभ सेवाअन्तर्गत ग्राहकले कुनै पाँचवटा एनसेल नम्बर पेयर गरी ती पाँच माई फाइभ नम्बरमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् । यस प्याकको अर्को विशेषताको रुपमा ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माई फाइभ सेवा पुनः सुचारु हुनेछ । यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रतिफोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्छ ।

प्रतिक्रिया