विश्वयुद्धमा यो नदीमा खसेको ४५० केजी बम भेटियो

इटाली । दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदी नजिक फेला परेको छ । जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । ४५० केजी बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए । इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ ।

‘पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,’ सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन् । बम डिस्पोजल विशेषज्ञहरूले आइतबार सुरक्षित विस्फोटनका लागि लगभग तीन हजार नजिकका बासिन्दाहरूलाई त्यहाँबाट हटाएका थिए । त्यसबेला उक्त क्षेत्रको हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिएको र जलमार्गमा नदीको यातायात पनि बन्द गरिएको थियो ।

प्रतिक्रिया