सिभिल बैकको छुट योजना

काठमाडौ । सिभिल बैंकले थप सुविधामा केन्द्रित भएर विभिन्न साझेदारहरूसँग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकले अब विभिन्न वस्तु वा सेवा उपभोग गरी बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट– मोवाइल बैंकिङ एप’ अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट पाउने व्यवस्था गरेको छ ।

बैंकका ग्राहकले लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड स्पा, गण्डकी भान्सा एण्ड रेस्टुरेन्ट, मास्के ग्रोसरी मार्ट लगायतका २९ साझेदारबाट सेवा लिदा विभिन्न छुट पाउने भएका हुन । बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरूसँग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको बताएको छ । करिब आठ लाख ग्राहकलाई १ सय १५ शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएम रहेका छन ।

प्रतिक्रिया