मेटलाइफको बिमा सचेतना कार्यक्रम

काठमाडौँ । मेटलाईफले ६ ग्रामिण जिल्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम आयोजना गरेको छ । जसमा ६ सय जति सहभागतिले बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए । नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रम गरिएको थियो । विशेष बीमा जागरण कार्यक्रमले मानिसलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

जीवन बीमा उनीहरूका आपतकालीन समयको लागि महत्वपुर्ण रहेको र यसले कुनै पनि अप्रत्याशित परिस्थितिमा प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने जानकारी दिइएको थियो । मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ जस्ता सुविधा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया