रुवीका र दिनेश सर्वोत्कृष्ट

काठमाडौं । नेपाल आईटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा सम्पन्न भएको छ । सो अवसरमा आईटीएफका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट र नेसनल तेक्वान्दो आईटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्वअध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरियो ।

कार्यक्रममा बागमती प्रदेशकी रुवीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगरले वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाए । उनीहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे । मोरङका राजेन्द्र धिमाल वर्षको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि १० हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल आईटीएफको पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डिङ अवार्ड पाए । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित भए । नेपाल आईटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेका बताए ।

उक्त कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघले गरेको थियो । कार्यक्रममा नेपाल आईटीएफका पूर्वअध्यक्ष तथा पूर्वप्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङ, राखेप कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ, राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया