म्यानचेस्टर युनाइटेड पराजित

इङ्लिस प्रिमियर लिग

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा बलियो टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति खेलिएको खेलमा ब्रिघटनले म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले पराजित गरेको हो । ब्रिघटनको जितमा दुबै गोल पास्कलले गरेका थिए । उनले निर्धारित समयको ३०औं र ३९औं मिनेटमा गोल गरेका हुन् । ब्रिघटनका एलेक्सिस म्याकबाट निर्धारित समयको ६८औं मिनेटमा आत्मघाति गोल भएको थियो । लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल भने २—२ गोलको बराबरीमा सकिएको छ ।

यसअघि शनिबार राति भएको खेलमा चेल्सी, टोट्टनहाम, लिड्स युनाइटेड, बर्नमाउथ र आर्सनलले सुखद सुरुआत गरेका थिए । लिभरपुल भने आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको थियो । शनिबार राति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । रोमाञ्चक खेलमा चेल्सीका लागि जर्जिन्होले निर्णायक गोल गरेका थिए । उनले खेलको पहिलो हाफमै पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारको अवसरलाई जर्जिन्होले सदुपयोग गरेका हुन् ।

अर्को खेलमा टोट्टनहामले साउथआम्पटनलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित ग¥यो । घरेलु टोली टोट्टनहामले खेलको दुबै हाफमा दुई÷दुई गोल गरेको थियो । खेलमा सुरुआती अग्रता भने साउथआम्पटनले लिएको थियो । खेल सुरु भएको १२औं मिनेटमै जेम्स वार्डले गरेका थिए । २१औं मिनेटमा टोट्टनहामका रायन सेसेगननले जवाफी गोल गर्दै खेललाई १—१ को बराबरीमा पु¥याएका थिए । त्यसको १० मिनेटपछि एरिक डियरले अर्को गोल थप्दै टोट्टनहामलाई २—१ को अग्रता दिलाए ।

निर्धारित समयको ६१औं मिनेटमा साउथआम्पटनका मोहम्मद सालिसुबाट आत्मघाति गोल भएपछि टोट्टनहाम ३—१ ले अगाडि बढेको थियो । टोट्टनहामका लागि चौथो गोल भने ६३औं मिनेटमा डेजन कुलुसेभस्कीले गरेका थिए । प्रभावशाली क्लब लिभरपुल भने फुलहामसँग २—२ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली फुलहामका लागि दुबै गोल एलेक्जेन्डर मित्रोभिचले गरेका थिए । खेल सुरु भएको ३२औं मिनेटमा पहिलो गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए ।

निर्धारित समयको ६४औं मिनेटमा डार्विन नुनेजले जवाफी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । ७२औं मिनेटमा मित्रोभिचले नै फुलहामलाई २—१ ले अगाडि बढाएका थिए । ८०औं मिनेटमा मोहम्मद सलाहले जवाफी गोल गर्दै लिभरपुललाई सम्भावित हारबाट जोगाएका थिए । उक्त नतिजासँगै लिभरपुल र फुलहामले एक÷एक अंक बाँडेका छन् । यसैगरी आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि २—० गोलको सजिलो जित हासिल ग¥यो । आर्सनलका लागि २०औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि क्रिस्टल प्यालेसका मार्क ग्वेहीबाट आत्मघाति गोल भएपछि आर्सनले सजिलै तीन अंक बटुल्यो ।

अर्को खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २—० गोलले पराजित गर्दै तीन अंक हात पा¥यो । खेल सुरु भएको दोस्रो मिनेटमै घरेलु टोली बर्नमाउथका लागि जेफर्सन लेर्माले पहिलो गोल गरेका थिए । ८०औं मिनेटमा किफर मुरेले टोलीका लागि दोस्रो गोल थपेका थिए । यसैगरी अन्य खेलमा न्युक्यासलले नटिङ्घम फरेष्टलाई २—० र लिड्स युनाइटेडले उल्भसलाई २—१ गोलले पराजित गरे । म्यानचेस्टर सिटी प्रिमियर लिगको साविक विजेता टोली हो । गत सिजन म्यान सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि चुमेको थियो ।

प्रतिक्रिया