राष्ट्रपति भण्डारीलाई गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीको तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन् ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौं फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए ।

प्रतिक्रिया