थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ४ हजार ६ सय ८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ पुगेको छ । यस अवधिमा ४ सय ४४ जना संंक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ७२ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै आज कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ११ हजार ९ सय ७१ जनाको संक्रमणबाट निधन भएको छ ।

५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् । संक्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ५ हजार ४ सय ७१, संस्थागत आइसोलेसनमा १ सय ७०, सघन उपचारकक्ष (आइसीयू) मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा २० हजार ६ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया