पेलोसीको ताइवान भ्रमण ‘दुर्भावनापूर्ण उत्तेजना’ : रुसी सुरक्षा परिषद् उपाध्यक्ष

मस्को । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई ‘दुर्भावनापूर्ण उत्तेजना’ भनेका छन् । आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।

मेदभेदेवले यो भ्रमण एशियामा अन्तरराष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन्। पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ। (रासस-सिन्ह्वा)

प्रतिक्रिया